CINEMANEWS

मेरी मामुको कन्सर्ट टुर

सिनेमा संसार संवाददाता
काठमाडौं
प्रचारको उदेश्यले कन्सर्ट सहित टुरमा निस्किएको मेरी मामु सिनेमा टिमले शनिबार दमैलीमा सांगीतिक धुम मच्चाएको छ। दमौलीको अनसनचोकमा आयोजित कन्सर्टमा कलाकार र दर्शकले एकसाथ कम्म्र मर्काए।
बिहीबार काठमाडौं बालाजुस्थित बिजी मलबाट शुरु भएको सिनेमाको यो कन्सर्ट (रोड शो) का कलाकार भक्तपुरको सुर्यबिनायक, किर्तिपुर, लगनखेल हुँदै शनिबार उपत्यका बाहिर निस्किएको हो। दमौली कार्यक्रममा कलाकार शिशिर भण्डारीले जोक, चुट्का, क्यारिकेचरका साथै बिभिन्न अभिनयबाट हसाएका दर्शक गायक रोहितजंग क्षत्रीले शिर्ष गीत मलाई माफ गरिदेऊ आमाबाट भाबुक बनाए। सिनेमाको शिर्ष गीतबाट भाबुक भएका दशर्क रोमान्टीक बनाउने काम भने गायक बादल थापाले गरे।
कन्सर्टमा मोडल आरुषी मगरले मोटर साईकलमा बोलको गीतमा नृत्य देखाउँदा दर्शकले उफ्री उफ्री नाचे। हजारौ दर्शकको भिड रहेको कन्सर्टमा बाबुको भुमिका निभाएका अभिनेता सारुक ताम्राकार र आमाको भुमिका निर्बाह गरेकी अभिनेत्री कुसुम गुरुङले सिनेमाको बिषयमा जानकारी दिए। उनीहरुले मेरी मामु छुटाउन नहुने कारण समेत दर्शकलाई बुझाएका थिए।
१५ भदौबाट प्रदर्शनमा आउने मेरी मामुको प्रचार टुरमा निर्माण युनिटदेखि कलाकार र गायक गायिका समेतका निस्किएका छन्।
गीत र ट्रेलर रिलिजसँगै सेलिब्रेटी बनिसकेका बालकलाकार आयुब सेन कन्सर्टको मुख्य आकर्षण बन्ने गरेका छन्। आमा र छोराको सम्बन्धको बिषयमा निर्माण भएको मेरी मामु आशुसेन फिल्म्स्को चौथौ प्रस्तुति हो। यम थापाको निर्देशन रहेको सिनेमामा प्रेम गीत २ फेम अभिनेत्री अश्लेषा ठकुरीको पनि मुख्य भुमिका रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button