CINEMANEWS

द ब्ल्यु लाइटकाे छायांकन शुभमुहूर्तसहित सुरु

सिनेमा संसार

काठमाडौं

साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने नेपाली सिनेमा द ब्ल्यु लाइटको छायांकन राजधानी काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विधिपूर्वक शुभमुहूर्त गरी सुरु गरिएको छ। यो सिनेमा बलराम चौहानको निर्देशनमा निर्माण हुँदैछ, जो यसअघि ‘बलिदान’ सिनेमामा लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।

करीब २० दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचिने सिनेमाको पोस्टर केही दिनअघि सार्वजनिक गरिएको छ। उक्त पोस्टरमा अभिनेत्री बेनिशा हमाललाई एक बारमा बसेको अवस्थामा देखाइएको छ। उनको अनुहारमा तनाव झल्किएको छ भने चुरोट च्यापिएको औंला र अगाडि राखिएको मदिराको गिलासले उनको पात्र ‘बार गर्ल’ हुनसक्ने संकेत गर्दछ। पोस्टरमा नीलो रङको प्रकाशले सिनेमाको मनोवैज्ञानिक र रहस्यमय पाटोलाई बलियो बनाएको छ।

यसअघि रिलिज गरिएको थिम पोस्टरमा नीलो वातावरणबीच उभिएकी एक बालिकाको विछिप्त मुद्राले कथाको गहिरो मनोवैज्ञानिक पृष्ठभूमिको संकेत गर्छ।

सिनेमामा अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकार ग्रिसमा कटुवाल, सहारा शर्मा लगायतको अभिनय रहनेछ। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यस सिनेमाका सह निर्माता रमन ग्रे हुन्। निर्देशक चौहानले यो सिनेमा नेपाली सिनेमामा साइकोलोजिकल थ्रिलर विधाको एक उत्कृष्ट उदाहरण हुने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button