EVENTNEWS

शर्मा दम्पती सम्मानित

सिनेमा संसार संवाददाता
काठमाडौं
फेसियल हाउसले तीज विशेष कार्यक्रमका बिच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई शिव पार्वतीको रुपमा सम्मान गरेको छ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा आयोजित फेसियल हाउस तीज महोत्सव २०७६ कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन्।
सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८, १९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामानसहित आर्थिक सहयोग समेत प्रदान गरियो। प्रवन्ध निर्देशक महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटालाई सहयोग रकम पच्चिस हजार रुपियाँ प्रदान गरेकी हुन्।
कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत तीज आयोको भिडियो विमोचन समेत गरिएको थियो। भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button