CINEMANEWS

वरिष्ठ बलराम बुढानीलकण्ठबाट शुरु

सिनेमा संसार
काठमाडौं
सामाजिक कथामा बन्ने सिनेमा वरिष्ठ बलरामको शुभ मुहूर्त गरिएको छ।
बुधवार टाइटल टिजर सार्वजनिक गर्दै लक्ष्मी पूजाका दिन कात्तिक ३ गतेका लागि रिलिज डेट घोषणा गरिएकोे सिनेमाको आज शुभ मुहूर्त गरिएको हो। सिनेमाको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ।
दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतको मुख्य भूमिका रहने सिनेमा कुशल सम्पादक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हुनेछ। वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्स्को व्यानरमा आशिस एच तामाङ र श्रीराज कार्कीले निर्माण गर्ने सिनेमामा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको लेखन, प्रशान्त शिवाकोटीको संगीत, प्रदीप लामाको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द निर्देशन र मानकृष्ण महर्जनको डिओपी रहनेछ।

 

Related Articles

Back to top button