MUSICNEWS

संगीतमा मेरी आमा

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक सन्तोष परियारको स्वरमा रहेको गीत मेरी आमा भिडियोसहित सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच लामो समयदेखि संगीतमा सक्रिय हिमाँशु रायमाझीको शव्द, सन्तोषकै संगीत र प्रश्न परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
संगीतकारराजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गीतको भिडियो सन्देश मुलुक रहेको अतिथिहरुले बताएका थिए। दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, स्याम रोक्का, विशाल थापा, हिमाँशु रायमाझी र सन्तोष परियारको अभिनय रहेको छ। फराज अर्पणको छायाँकन र सम्पादन रहेको भिडियो व्यवस्थापन बिक्रम तामाङले गरेका छन्।
योभन्दा अघि गायक सन्तोष परियारको महल र यो जुनीमा गीतले चर्चा पाएका थिए। रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपाल आईडल बुद्ध लामाको स्वरमा आफ्नो गीत निकाली सकेकी छिन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button