MUSIC

नम्रताको स्वभावको चर्चा

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक दीपक बराईलीले साह्रै राम्रो स्वभाव बोलको नयाँ गीत बजारमा ल्याएका छन्। मधु साश्रीको शब्द र प्रविण बराईको संगीत रहेको गीत मोनाली इन्टरटेन्मेन्टको ब्यानरबाट बजारमा आएको हो।
गायक दीपकले यस गीतबाट दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए। ‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु’, दीपकले भने।
गीतको म्युजिक भिडियोमा गायक दीपकसँगै नायिका नम्रता सापकोटाको अभिनय छ। भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन्। गीतको भिडियो फराज अर्पले छायांकन, निर्देशन तथा सम्पादन गरेका छन्।

https://www.youtube.com/watch?v=esZxrfQylb8

Related Articles

Back to top button