EVENTMUSICNEWS

पाटन फेस्टमा झुमे दर्शक

सिनेमा संसार
काठमाडौं

शनिवार उपत्यकामा गायक दुर्गेस थापा सहित एकसाथ चार ब्याण्डले आफ्‌ना प्रस्तुति सहित दर्शकहरु झुमेका छन्।च्यसालमा रोयल मल्टिप्रपोजको एकल आयोजनामा भएको पाटन फेस्ट २०२५ मा गायक दुर्गेस थापासंगै जोन एण्ड द लोकल्स, पुर्ण राई दाजुभाइहरु, अल्बाट्रोस र स्वर सांगितीक समूहले दिएको प्रस्तुतिमा करिब १५ हजार दर्शकको सहभागीता रहेको थियो। मध्यान्न १२ बजेबाट ललितपुरको च्यासल खेल मैदानमा आयोजना भएको सोे महोत्सवमा गायक दूर्गेसले आफ्‌नो हिट नम्बर दुस्मन हेरेको हेर्‍र्यै लगायत विभिन्न गीत गाएका थिए भने ब्याण्डहरुले पनि आफ्‌नो चर्चित गीतमार्फत दर्शक झूमाएका थिए।
पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने उद्वेश्यसहित आयोजित सो कार्यक्रममा विभिन्न सुविधासम्पन्न खानेकुराका लागि स्टल राखिएको थियो भने कार्यक्रममा सहभागी हुनका लागि ९ सय, बाह्र सय, र दुई हजारसम्मका टिकट लिएर प्रवेश गरेका थिए।

Related Articles

Check Also
Close
Back to top button