CINEMAMUSICNEWS

लाज शरणम्मा धुर्मुसको नाच

सिनेमा संसार
काठमाडौं
रिलीजको तयारीमा रहेको सिनेमा लाज शरणम्को प्रोमोसनल गीत हेर्दा हेर्दैमा सार्वजनिक गरिएको छ।
आशिष अविरल र शान्तीश्री परियारको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ र कृष्ण भारद्वाजको संगीत छ। गीतमा एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम समेटिएको छ। गीतको शब्द र लय सरल छ।
गीतको भिडियोमा सिनेमा अधिकांश कलाकारका साथमा गजि विष्ट र माला लिम्बुलाई प्रस्तुत गरिएको छ। हास्य टेलिसिरीय सक्कि गोनिको टिमले बनाएको सिनेमामा लेखक, कलाकारदेखि निर्देशकसम्म सोही सिरीयलको टीम छ।
सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा रहेको सिनेमा कुमार कट्टेलले निर्देशन गरेका छन्। महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलीज हुने सिनेमामा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button