NEWS

आयो हजार जुनीसम्मको गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्देशक बिकासराज आचार्यको निर्देशनमा निर्माणाधिन सिनेमा हजार जुनीसम्मको पहिलो गीत सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने शब्द र संगीत पनि राजनकै रहेको छ। पुरुषोत्तम प्रधानको छायाँकन तथा कविराजगहतराजको आकर्षक कोरियोग्राफी रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन्। गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायांकन गरिएको छ। गीत सर्वाजनिक गर्दै सिनेमा आगामी साउन ३० मा रिलिज हुने निर्देशक आचार्यले प्रस्ट्याए। कार्यक्रममा स्वस्तिमा, अखिलेस र सलोनसँगै आर्यन सिग्देल, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, पटकथाकार सामिप्यराज तिमल्सेनालगायत उपस्थित थिए। सिनेमामा संचिता लुइँटेल, अनुभव रेग्मीलगायतको पनि अभिनय रहेको छ। सिनेमामा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी सिनेमाकी कार्यकारी निर्मात्री हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button