CINEMANEWS

दाल भात तरकारीमा यी छन् कलाकार

सिनेमा संसार संवाददाता
काठमाडौं
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट सिनेमा शत्रु गतेको निर्माण समूहले नयाँ कमेडी फिल्म दाल भात तरकारी निर्माणको औपचारिक घोषणा गरेको छ। मह सञ्चारको ब्यानरमा अभिनेता तथा निर्माता किरण केसी प्रस्तुतकर्ता रहने सिनेमाको राजधानीमा आयोजित एक समारोहबिच औपचारिक घोषणा गरिएको हो।
दाल भात तरकारीलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्दैछन्। सुदनले यसअघि २ हलिउड सिनेमा रिमेम्बर मि र माई लभमा सहनिर्देशकको रुपमा काम अनुभव संगालेका छन्। उनले मह सञ्चारकै अघिल्लो फिल्म शत्रु गतेमा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए। सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरी पौडेल, किरण केसी, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङदेल, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। सिनेमामा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिने र हरिवंश र निरुतालाई जोडीको रुपमा देखिने निर्देशक सुदन केसीले जानकारी गराए।
सिनेमाको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखेका छन् भने धेरैपछि मह सञ्चारको यो सिनेमाका लागि मेलोडी किङ शम्भुजित बासकोटालाई संगीतको जिम्मा लिइएको छ। आगामी मंसिर पहिलो साताबाट छायाँकन आरम्भ हुने सिनेमा वर्ष २०७६ को बैशाख १३ गते रिलीज हुनेछ। मित्र डि गुरुङको सम्पादन रहने सिनेमालाई दिर्घ गुरुङले खिच्नेछन्। कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमामा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता रहेका छन्।
सिनेमा घोषणा समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले यो सिनेमा आम मानिसकै कथा पेश गर्ने र आफुलाई भिन्न भूमिकामा देखिने बताए। हरिवंश आचार्यले अघिल्लो सिनेमा शत्रु गतेपछि दाल भात तरकारी निर्माणमा जुटेको बताए। सिनेमा दाल भात तरकारी खानको लागि गरिने संघर्षको कथा देखाउने कोसिश गरिएको भनाई आचार्यको थियो। डेब्यु निर्देशक सुदन केसीले यो सिनेमा आप्mना लागि अवसर र चुनौती दुवै भएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button