NEWS

प्रदीप र प्रतापदास ८ शहरमा कन्सर्ट गर्दै

सिनेमा संसार संवाददाता
काठमाडौं
रोज नामक सिनेमाको प्रमोशनका लागि मुलुकका ८ मुख्य शहरमा कन्सर्ट गरिने भएको छ। २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको निर्माण टिमले रोजको कन्सर्टका लागि आठ शहर चयन गरेका छ।
सिनेमाका निर्देशक निरक पौडेलका अनुसार रोजको मोफसल यात्रा ताल नगरी पोखराबाट १४ भदौदेखि सुरु हुनेछ। पोखराको मिडटाउन ग्यालरी अगाडि रोजका कलाकारले १४ भदौमा कन्सर्ट गर्नेछन्। यस्तै भदौ १५ मा औद्योगिक नगरी बुटवल र १६ भदौमा नारायणगढमा कन्सर्ट गरिने छ। त्यसपछि १७ भदौमा इटहरी र धरानमा, १८ भदौमा दमक र बिर्तामोडमा कन्सर्ट गरेर कलाकारहरु काठमाडौं फर्कने छन्।
क्राइम थ्रीलर ड्रामा जनरको भनिएको यो सिनेमाको मुख्य कलाकार प्रदीप खड्कासहितका कलाकारले मोफसल यात्रामा सञ्चारकर्मीसँग साक्षात्कार गर्नेछन्।
गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित सिनेमाको २० भदौमा काठमाडौंमा कन्सर्ट हुने पनि निर्माण पक्षले जनाएको छ। मोफसल यात्राको कन्सर्टमा अभिनेता खड्का, नेपाल आइडलका सेकेन्ड रनर्सअप गायक प्रताप दाससँगै रोजका बाँकी अभिनेता अभिनेत्री प्रस्तुत हुनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button