MUSICNEWS

आमाको सम्झनामा वसन्तको गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत आमाले बोकेको भारी म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। १६ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत लेखेका हुन्।
यसै वर्ष आमाको वार्षिकीका लागि नेपाल आएका बखत उनले गीत रेकर्ड गराएका थिए। ‘राजा, नेता र जनता हामी सबैका एउटा न एउटा पिढीले भारी बोकेको छ। दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके। नेता महल बनाउन सके। जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन्। हामी बालक र युवा हुँदासम्म हाम्रा बाबा र आमा दुःखै गर्थे। पछि बिस्तारै सुख आउँदै थिए सुख भोग नगर्दा बिती गए ।
समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ। भिडियोमा शिवराम श्रेष्ठको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। रेडियोमा गीत सुनेर गाउन थालेका वसन्तले संगीतको प्रारम्भमा रामेश र मन्जुलका गीत सुनेर गाउँदै हिँडे। उनले रामेश र अरिमका गीत धेरै सुने। मन्जुलसँग त गीत गाउनै हिँडे।

Related Articles

Check Also
Close
Back to top button