FASHIONNEWS

फेसियल हाउसले मनायो ११ औँ वार्षिकोत्सव

सिनेमा संसार संवाददाता
काठमाडौं
फेसियल हाउसलेस्थापनाको ११ औं वार्षिकोत्सव समारोह भब्य रुपमा मनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बिशिष्ठ सदस्य चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा फेसियल हाउसले ११औं वार्षिकोत्सव सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नंबर ३ अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य महासंघ काठमाडौंका उपाध्यक्ष जयप्रकाश सिवाकोटी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कर कार्यालयका अधिकारीहरु तथा बरिष्ठ व्युटिसियनहरुको सहभागीता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेसियल हाउसले मानिसहरुलाई स्वरोजगार बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे भने विशिष्ट अतिथी सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले फेसियल हाउसले धेरैलाई रोजगारी दिएको भन्दै सौन्दर्य क्षेत्रमा फेहियल हाउसले पु¥याएको योगदानको प्रशंसा गरे। ‘फेसियल हाउले धेरैलाई ब्युटी सम्बन्धी सिप सिकाउदै मानिसहरुलाई स्वावलम्बी बनाउन सहयोग गरेको छ’ उनले भने। उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले सधै खुसीका साथ काम गर्ने वातावरण बनोस भन्ने धारणा राखे।
सौन्दयैविद तथा फेसियल हाउसकी निर्देशक शुष्मा महराले फेसियल हाउसले ११ वर्षमा ४ हजारभन्दा वढी विद्यार्थी उत्पादन गरीसकेको बताईन्। ‘हामीकहाँ विदेश जाने विद्यार्थीहरु सिक्न आउने गरेका छन्। यहाँ सिक्ने विद्यार्थीहरुले देश तथा विदेशमा राम्रो अवसर पाएका छन’् उनले भनिन्। उक्त अवसरमा फेसियल हाउसले बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको थियो भने कर्मचारीहरुको मूल्यांकनको कदर गर्दै आफ्ना कर्मचारीहरुलाई अवार्ड र सम्मान गरेको थियो। यस बर्ष फेसियल हाउसको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीमा सोनु कुमार शर्मालाई अवार्ड प्रदान गरियो। स्वेता मगरलगायत अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा जेनेक्सले जुम्वा प्रस्तुत गरेको थियो भने निरु खड्का, सपना श्रेष्ठ, उत्तम थापा, राज सागरलागयतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए।
स्थापनाको ११ औ वर्षसम्म फेसियल हाउसका काठमाडौ मल, सिटिसी मल, पोखरा, काकडभित्तालगायतका स्थानमा ६ वटा ब्रान्च रहेका छन्।

Related Articles

Check Also
Close
Back to top button