CINEMANEWS

प्रेम गीत ३ को छायांकन सुरु

सिनेमा संसार संवाददाता
काठमाडौं
हिट सिरीज सिनेमा प्रेम गीतको तेस्रो संस्करण प्रेम गीत ३ को छायांकन सुरु गरिएको छ।
प्रेम गीत र प्रेम गीत २ को सफलतापछि अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुलाई लिएर प्रेम गीत ३ को निर्माण सुरु गरिएको हो।
प्रेम गीत ३ को शुक्रबार बिहान काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरियो। मुहुर्तपछि शुत्रवारबाटै सिनेमाको छायांकन सुरु गरिएको हो। सिनेमाको रिलीज डेट आगामी चैत २८ का लागि तोकिएको छ। काठमाडौंको किर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटबाट यसको छायांकन सुरु गरिएको हो। काठमाडौंको छायांकन सम्पन्न हुनासाथ मनाङको रमणीय स्थलमा छायांकनको गरिने यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।
सिनेमामा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहने छ। सिनेमा पुर्ण प्रेम कथामा आधारित रहने निर्माता तथा कलाकार, निर्देशक सन्तोष सेनले जानकारी गराए। सिनेमा सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन्।
प्रेम गीतको ३ को स्कृप्ट निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन्। सिनेमामा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ भने राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्धन्द निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको सिनेमामा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button