CINEMANEWS

दीपशिखाको प्रेम लीला

सिनेमा संसार संवाददाता
काठमाडौं
फिल्म प्रेमलीलाको ट्रेलर सार्वजनिक भएको छ। फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेमभित्रको अनेक लिला समेटिएको छ। अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खानबिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ। एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन्।
कार्यक्रममा बोल्दै फिल्मकी नायिका दिपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताइन्। ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनी बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ’, खड्काको भनाई थियो। आफु महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रमका निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन्।
पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ। फिल्ममा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ। नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button