CINEMANEWS

गरुण पुराणलाई पिजी सर्टिफिकेट

सिनेमा संसार संवाददाता
काठमाडौं
फिल्म गरुड पुराण सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेर साँझ सेन्सर गरेको हो। समितिले यो फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी प्यारेन्टल गाईडेड (पिजी) सर्टिफिकेट दिएको छ।
फिल्म सुवास कोईरालाले निर्देशन गरेका हुन्। फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए। उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ। यो फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउने छ। माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथा आधारित रहेकाले माघबाट रिलिज गर्न लागिएको हो। ‘फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’ निर्देशक सुवास कोइरालाले भने।
फिल्मको म त पिरेममा गीत अहिले चर्चामा छ। निश्चल बस्नेतसहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको स्वर छ। फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन्। यस्तै कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ। यही फिल्मबाट प्रियँका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन्। अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो। यसको सम्बाद आकाशले लेखेका हुन्।
गरुड पुराणलाई सुसन प्रजापतिको छायाँकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button