EVENTNEWS

बिहारको प्रचारका लागि भारतिय चार्ली च्याप्लिन काठमाडौंमा

सिनेमा संसार संवाददाता
काठमाडौं
भारतिय चार्ली च्याप्लिनका रुपमा चर्तित भारतिय कलाकार राजन कुमार नमस्ते बिहार नामक सिनेमाको प्रमोसनका लागि काठमाडौं आएका छन्।
आईतवार ठमेलमा आयोजित पत्रकार भेटघाटमा उनको परिचय हावी भयो। भारतमा स्टेज पर्फमरका रुपमा चर्चित राजनले विश्वप्रख्यात कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन्। सन् २०१० मा चार्ली चाप्लिन–२ का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ । उनले कार्यक्रममै चार्लीको शैलीमा अभिनय गरेर सहभागीलाई हँसाएका थिए।
सिनेमामा कलिता अभिनेत्रीको भुमिकामा छिन्। उनले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छिन्। राजनका अनुसार नमस्ते बिहार बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामका रुपमा राखिएको हा । ‘नेपालमा भारतको सिनेमाका दर्शक धेरै छन् भन्ने थाहा छ, त्यसैले घुमघाम र फिल्मको प्रचारको उद्देश्य लिएर नेपाल आएको हुँ,’ राजनले भने ।
राजन स्टेज नृत्यमा पनि पपुलर छन्। सन् १९९८ मा उत्कृष्ट छाउ नृत्य गरेवापत उनलाई नेसनल अवार्ड समेत प्रदान गरिएको थियो। सन् २०१६ को भारतीय पद्माश्री अवार्डमा पनि उनी मनोनयनमा परेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button