CINEMANEWS

एक मुठ्ठी बादलमा तीन पुस्ताका महिलाको आवाज

सिनेमा संसार
काठमाडौं
जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको सिनेमा एक मुठ्ठी बादलमा समावेश गीत रेल घुम्यो घुम्तीमा सार्वजनिक गरेको छ। गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्।
सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीत हर्क साउदले रचना गरेका हुन्। गीतले एउटै घरमा रहेका तीन पुस्ताका महिलाको भावना र आवाजलाई प्रस्तुत गरेको छ। सुमित नेपाल आइडल सिजन २का उपविजेता हुन् र यो सिनेमा मार्फत उनले चलचित्र संगीतमा डेब्यु गरेका हुन्।
गीतको भिडियोले विवाहअघिको रमाइलो माहोललाई पृष्ठभूमि बनाएको छ। विवाहको तयारीसँगै अगाडि बढ्ने कथामा निशा शर्मा, उषा रजक र आँचल शर्माले आ–आफ्नो जीवन भोगाइलाई अभिव्यक्त गरेका छन्। निर्देशक सहारा शर्माका अनुसार गीतमै सिनेमाको मूल भाव समेटिएको छ। उनी भन्छिन्, ‘यो गीत बनाउँदा सबै पुस्ताका महिलाको भावना समेट्ने प्रयास गरेका थियौँ। हजुरआमादेखि नातिनीसम्मले आत्मसात गर्न सक्ने सिर्जना बनाउने चाहना थियो, त्यो पूरा भएको महसुस हुन्छ।’
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको सिनेमाको गीतको भिडियो प्रतीक गुरुङले निर्देशन गरेका हुन्। गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ।
सिनेमामा आँचल शर्मा, निशा शर्मा र उषा रजकसँगै भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायतले अभिनय गरेका छन्।

Related Articles

Back to top button