CINEMAMUSICNEWS

रंगीको तिम्रै संसारमा सार्वजनिक

सिनेमा संसार
काठमाडौं
आगामी फागुन २ गते रिलिज हुने सिनेमा रंगीको गीत तिम्रै संसारमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द र संगीत, उदयराज पौडेलको एरेन्जमेन्ट तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ।
भिडियोमा सिनेमाका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङलाई प्रस्तुत गरिएको छ। गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा क्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमद्वारा निर्मित सिनेमामा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ। सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेको सिनेमामा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

 

Related Articles

Check Also
Close
Back to top button