CINEMAMUSIC

कैदीको पत्रको पिरै पिर सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
फिल्म कैदीको पत्रको गीत घरै बसौं पिरै पिर हो सार्वजनिक भएको छ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो सिनेमाको सार्वजनिक गीतमा सिनेमाका प्रमुख कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ। गीतमा सनम कुमार बैरागको शब्द रचना, बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।
सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको सिनेमाका निर्देशक सनम कुमार बैराग हुन्।प्रेम र रोमान्सको कथामा बनेको सिनेमाले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व.ईश्वर मानन्धरले लेखेको कथा कैदीको पत्रमा आधारित सिनेमामा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ। सिनेमाका गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको छ भने प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुवानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ।रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको सिनेमाका निर्माता दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button