CINEMAEVENT

कमेडीले भरिएर आयो जय भोलेको ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
अशोक शर्माद्वारा निर्दे्शित सिनेमा जय भोलेको टे«लर सार्वजनिक भएको छ। खगेन्द्र लामीछानेको लेखन तथा मुख्य भूमिका रहेको सिनेमाको ट्रेलरमा खगेन्द्र, सौगात मल्ल, स्वस्तिमा खड्का, अशोक शर्मा, लक्ष्मी गिरी, सलोन बस्नेत, जयनन्द लामा, रामचन्द्र अधिकारी, राजाराम पौडेल, शुरविर पण्डीत, बुद्वी तामाङ, वसुुन्धरा भुषाललगायत फिल्मका प्राय सम्पुर्ण कलाकार अटाएका छन्। राजाधानीमा आयोजित कार्यक्रममा सिनेमाका प्रस्तुतकर्ता तथा निर्देशक अशोक शर्माले गायक राजेशपायल राईद्धारा सञ्चालित राजेशपायल राई फाउन्डेशनलाई २५ हजार रुपैया“ सहयोग गरे। शर्माले ट्रेलरमा देखाईएको भन्दा भिन्न पक्षहरु पनि फिल्ममा रहेको बताए। ‘टे«लरमा देखाईएका सबै कुरा सिनेमामा छ। सिनेमा रोमान्टिक फिल्म बनेको छ,’ उनले भने।
सिनेमा दश“ैमा रीलीज हुने भनिए पनि मिती तोकीएको छैन। यसबारे बोल्दै अशोकले भने ‘छिमेकी देशमा ईदको दिन पारेर सिनेमा रीलीज गरिन्छ। ईद राम्रोसंग चन्द्रमा लागेको दिन मनाइन्छ। जय भोले पनि दशंैको समयमा जुन दिन राम्रोसँग सूर्य उदाउ“छ त्यहि दिन रीलीज हुन्छ।’
अभिनेता खगेन्द्र लामीछानेले फिल्मको ट्रेलर राम्रो बनेकोेले दर्शकले रुचाउने विश्वास व्यक्त गरे। सलोन बस्नेतले जय भोलेमा काम गर्दा निकै रमाईलो लागेको बताए। किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको फिलममा संगीत राजनराज शिवाकोटी, नृत्य निर्देशन वसन्त श्रेष्ठ, छायाकंन पुरुषोत्तम प्रधान, द्वन्द वन नेपाल स्टन्ट टीम र सम्पादन राजु ढुंगानाको रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button