CINEMANEWS

दान्भी असार ७ मा आउने

सिनेमा संसार संवाददाता
काठमाडौ
अभिनेत्री पूजा शर्मा अभिनित फिल्म दान्भीको प्रदर्शन असार ७ गते हुने भएको छ । उनको जन्मदिनको अवसर पारेर सिनेमाका निर्माताले सोमबार नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार सो सिनेमाको पूर्वनिर्धारित प्रर्दशन मिति जेठ १० स्थगित गरिएको थियो । निर्माताले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरिसकेका छन् । फिल्ममा पूजा र कुन्साङ बमजमको शीर्ष भूमिका रहेको छ भने सिनेमा कुन्साङका डेब्यु र पूजाको पहिलो एक्सन फिल्म हो। सिनेमाको निर्माता देव मगर र अनुप रहेका छन्। फिल्म कुन्साङको डेब्यु हो भने पूजाको लागि पहिलो एक्सन फिल्म ।देव मगर र अनुप गडाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता पवन राना मगर हुन् ।

Related Articles

Check Also
Close
Back to top button