NEWSSTAGE

पल्पसा क्याफे नयाँ वर्षलाई

सिनेमा संसार संवाददाता
काठमाडौं
कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक पल्पसा क्याफे आगामी वैशाख ९ गतेबाट राजधानीमा मञ्चन हुने भएको छ।
मदन पुरस्कारप्राप्त पत्रकार नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेमा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने थिएटर भिलेजले जनाएको छ।
सुरज सुवेदीको नाट्य रुपान्तरण, विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा मञ्चन हुन लागेको नाटकको मञ्चन मिति सरेसँगै यसमा अभिनय गर्ने कलाकारमा पनि फेरबदल भएको छ। पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले अभिनय गर्ने भनिए पनि उनले समय दिन नसकेपछि अब यसमा नेपाल सुन्दरी तथा नायिका सृष्टि श्रेष्ठ सो भूमिकामा देखिने छन्। सृष्टिले यस अघि थिएटर भिलेजकै ह्याम्लेट’नाटकमा अभिनय गरिसकेकी छन्। दृश्यको भूमिका भने नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन्। अर्का प्रमुख पात्र सिद्धार्थको भूमिकामा दिपेश राईले निर्वाह गर्नेछन्।
पल्पसा क्याफेले दश वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्छ। नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना,लगायतका कलाकारको अभिनय रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button