FASHIONNEWS

रविना नेपाल्स चब्बी मोडल

सिनेमा संसार संवाददाता
काठमाडौं
सिद्धी मिडियाले आयोजना गरेको नेपाल्स चब्बी मोडल–२०१९ को उपाधि रविना पोखरेलले जितेकी छन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। शिर्ष बिजेता बन्दै उपहारमा स्कुटी पाएकी पोखरेलले मिस ब्युटिफुल स्माइल, मिस बेष्ट ¥याम्प वाक र मिस पपुलर उपाधिसमेत जितेकी छिन्।
मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेर राती सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौत फष्ट रनर्सअप र पुनम श्रेष्ठ सेकेन्ड रनर्सअप चुनिए। चटौत मिस बब्बी, मिस मल्टिमिडिया, मिस फ्रेन्डीसमेत घोषित हँुदा श्रेष्ठले मिस ब्युटिफुल र ब्युटी वीथ पर्पस उपाधि हात पारिन्। बिजेताले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउँने छन्।
प्रतियोगितामा सञ्जिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी निर्णायक रहेका थिए। आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हँुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button