CINEMANEWS

माइतीघरमा थपिए धिरज मगर

सिनेमा संसार
काठमाडौं
रोहित अधिकारीको निर्माणमा बन्ने सिनेमा माइतीघरमा कलाकारहरुको लाइनअप पुरा भएको छ।
सिनेमाको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो। निर्माता रोहित अधिकारी र नायक धिरज मगरबीच कागजी संझौता भएको हो। सिनेमामा तीन स्टार कलाकारले काम गर्ने पक्का भएको छ। सिनेमामा कलाकार केदार घिमिरे र प्रकाश सपुत फाइनल भइसकेका छन्। त्यस्तै नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन्। सिनेमामा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ।
यो सिनेमाको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ। सिनेमालाई आगामी बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ। दशैंमा एउटा शो मात्र पाए पनि सिनेमा रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन्।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ। चन्द्रकुमार दोङको कथा रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद रहनेछ। सिनेमाका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन्।

Related Articles

Check Also
Close
Back to top button