EVENTNEWS

मिसेस नेपाल वर्ल्डको अडिसनमा १९ जना छनोट

सिनेमा संसार
काठमाडौं

 रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल वर्ल्ड अडिसनमा ५६ मध्ये १९ जना प्रतिस्पर्धी छनोट भएका छन्। निर्णायकमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, प्रमोद अग्रहरि, दीपिका प्रसाईँ, गत वर्षकी विजेता डेनिला कार्की र कोरियोग्राफर अश्विनी झा रहेका थिए।अर्को अडिसन साउन ३१ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ। छनोट प्रतिस्पर्धीलाई भदौ १८ देखि प्रशिक्षण दिइनेछ।ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ, जहाँ मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल विजेताको पनि घोषणा गरिनेछ। विजेताले लस–भेगास र सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

Related Articles

Check Also
Close
Back to top button