MUSICNEWS

झरनाको चिसो पानी रिमेक भर्सनमा

सिनेमा संसार संवाददाता
काठमाडौं
झरनाको चिसो पानी यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान्। गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन्।
दुई दशकभन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ। सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो। जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन्। गीतमा संगीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन्।
गीतकार अधिकारीको शब्द रचनामा सजिएको गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो। कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ।
‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए। गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button