MUSIC

जन्मदिन पारेर डब्बुको गिती भिडियो सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह गुलाबी स्वरहरुमा सँग्रहित गीत यो तन यो मनको भिडियो रिलिज गरिएको छ। क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै च्यानल व्युटी न्युज नेपालबाट यो भिडियो रिलिज गरेका हुन्।
गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ। गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन्। यो गीतको छायाँकन हालै मलेशियामा गरिएको हो। गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ। गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो।
यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन्। भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन्। भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन्। २ दिन अघि रिलिज गरिएको भिडियोले दर्शकको राम्रो साथ पाईरहेको गीतकार क्षत्रीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button