MUSICNEWS

सेन्टीमेन्टल गायकको बाँसै काटेर

सिनेमा संसार संवाददाता
काठमाडौँ
वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतम फरक शैलीको साँगितिक प्रस्तुती लिएर आएका छन्। शुक्रबार उनले गाएको डान्सिङ नम्बर बाँसै काटेरको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ। नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ। संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायनदेखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए। नेपालको पहिलो सेक्सोफोनवादक शुभ बहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे।
करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा बाँसै काटेर बिलकुलै भिन्न छ। समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए। २०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन्। दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन्। दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन्। पैसा कसले बनायो गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिनाअघि मात्रै फर्केर आएन मायालु गीत सार्वजनिक भएको थियो।
कोशिस क्षेत्रीको शब्द संगीत रहेको बाँसै काटेर गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्।‘भिमफेदी गाइजका टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती फुलन्देकी आमाको रहेको छ। म्युजिक भिडियोमा आरी डान्स, थाली डान्स देख्न पाइन्छ। भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button