MUSICNEWS

नेशनल क्यापिटल म्युजिक अवार्ड हुँदै

सिनेमा संसार संवाददाता
काठमाडौं
क्यापिटल इभेन्टले राजधानीमा नेशनल क्यापिटल म्युजिक अवार्ड आयोजना गर्ने भएको छ। आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभाहलमा हुने चौथौ विएफडियर हिल नेशनल क्यापिटल म्युजिक अवार्ड समारोमा आधुनिक गीत संगीत क्षेत्रका ३५ विधामा उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिनेछ।
अवार्ड समारोहमा संगीतकार तथा गीतकार दीपक जंगमलाई विएफडियर हिल नेशलन क्यापिटल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।
त्यसैगरी यो बर्षको विएफडियर हिल सांगीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिने भएको छ। आयोजक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको नेशनल क्यापीटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले जानकारी गराएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button