NEWS

सुर्खेतमा कर्णाली कार्यशाला सम्पन्न

सिनेमा संसार संवाददाता
काठमाडौं ।
कर्णालीको सुर्खेतमा दोश्रो कर्णाली सिनेमा कार्यशाला–२०८० सोमबारसम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी विधार्थीलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला सम्पन्न भएको हो । केवी इन्टरटेनमेन्ट प्रालिको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा भएको कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग लिएका थिए ।
,‘हरेक क्षेत्रमा हरेकले स्ट्रगल गर्छन र केही समयपछि उनीहरु अर्को क्षेत्रमा लाग्छन् । तर मैले अभिनयलाई अँगालेर सिनेमा क्षेत्रमा निरन्तर तपास्या गरेपछि आज यो स्थानमा पुगेको हुँ’ बोर्डका अध्यक्षले सहभागीलाई प्रेरित गदै भने, ‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसावले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य सिनेमाले अन्तराष्ट्रिय बजारमा नेपाललाई चिनाईसकेको छ ।’
कार्यशालामा सिनेमा लेखक, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र सिनेमा निर्देशन, अभिनेत्री एवम् रँगकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले सिनेमामा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक संगीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रालिका तर्पmबाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button