CINEMANEWS

पललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मेनेजर जोशी धरौटीमा रिहा

सिनेमा संसार संवाददाता
काठमाडौं
एक नाबालिग गायिकालाई ललाई फकाई जर्बजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी कार्यलयको न्यायिक हिरासतमा रहेका नायक पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ।
बिहीबार जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सोही मुद्दाअन्र्तगत मतियारको आरोप लगाइएका नायक शाहका म्यानेजर भनिएका कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ। आदेशअनुसार शाहलाई बिहीबार साँझ नै नतहुँ कारागर पठाइएको छ भने जोशी धरौटी बुझाएर रिहा भएका छन्। आदेशअनुसार पलले मुद्दाको किनारा नलागुञ्जेल कारागरमा बस्नु पर्नेछ।
सो मुद्दामाथि जाहेरीवालाका तर्फबाट बुधबारबहस भएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार बहस भएको थियो। प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button