EVENTHOLLYWOODNEWS

ओस्कारमा ड्युनलाई सर्वाधिक ६ अवार्ड

सिनेमा संसार संवाददाता
काठमाडौं
विश्व प्रसिद्ध ओस्कार एकेडेमी अवार्ड अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा सोमवार सम्पन्न भएको छ।
समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड फिल्म कोडाले, निर्देशकको अवार्ड द पावर अफ द डगबाट जेन क्याम्पियनले, अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः फिल्महरु किङ चिजार्डबाट विल स्मिथ र द आईज अफ टेमीफाईबाट जेसिका चेस्टनले चुमेका छन्।
द पावर अफ द डगबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुम्ने जेन क्याम्पियन ओस्कारको साढे ९ दशकको ईतिहासमा यो विधाको अवार्ड चुम्ने तेस्रो महिला निर्देशक भएकी छन्। यसअघि सन् २००९ मा द हर्टलकरबाट क्याथ्रिन बिगेलो र सन् २०२१ मा क्लोई चाउले नोमाल्याण्डबाट ओस्कारमा निर्देशकको अवार्ड चुमेका थिए।


सर्वाधिक ११ विधाको मनोनयनमा परेको फिल्म ड्युनले ओरीजनल स्कोर, छायाकन, भिजुअल ईफेक्ट, सम्पादन, ध्वनी तथा प्रोडक्शन डिजाईन गरी सर्वाधिक ६ अवार्डलाई आप्mनो बनाएको छ।
समारोहमा स्यामुअल एल ज्याक्शन, लिव उलम्यान र अभिनेता, निर्देशक तथा लेखक एलेन मेलाई मानार्थ ओस्कार अवार्ड तथा डेनी ग्लोवरलाईजीन हर्शाल्ट ह्ुम्यानिटेरियनअवार्ड प्रदान गरिएको थियो। समारोहमा सह अभिनेताको अवार्ड फिल्म कोडाबाट ट्रोय कोटरसले र सह अभिनेत्रीको अवार्ड वेस्ट साईड स्टोरीबाट एरियाना डेबोसले चुमेकी छन्। त्यस्तै सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जापानको ड्राईव माई कारले, एनिमेटेड फिल्मको अवार्ड एनकान्टोले, एनिमेटेड शर्ट फिल्मको अवार्ड द विडशिल्ड वाईपरले, एनिमेटेड डकुमेन्ट्रिको अवार्ड द समर अफ सोलले चुमोको छ भने श्रृगार तथा केश सज्जाको अवार्ड द आईज अफ टेमी फाईले चुमेको छ।
क्रिसलाई स्टेजमै विलको थप्पड
समारोहमा हास्य अभिनेता क्रिस रकले प्रस्तुति दिएर दर्शक हसाईरहेका बेला अभिनेता वील स्मिथले रकको गालामा एक थपड हानेपछि सनसनी मच्चिन पुग्यो। पत्नी जाडा पिन्केट स्मिथको साथमा बसेर शुरुमा रकको प्रस्तुतिमा रमाए पनि कपाल नभएकी आफ्नी पत्नीको रकले भद्धा मजाक गरेपछि उनले रकलाई झापड हानेका हुन्। केही समयपश्चात सर्वोत्कृष्ट फिल्म किङ रिचर्डसबाट अभिनेताको अवार्ड लिन जा“दा स्मिथले आफ्नो व्यबहारका लागि माफी मागेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button