CINEMA

‘फर्की फर्की’ को ट्रेलरले कमायो दुई दिनमै २० लाख भ्यूज

सिनेमा संसार संवाददाता
काठमाडौं ।
अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ ट्रेलरले दुई दिनमै २० लाख भ्यूज पाएको छ। ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएपछि यसका निर्माताहरु उत्साहित बनेका छन्। ट्रेलरले २४ घन्टामै १० लाखभन्दा बढी भ्यूज पाएर रेकर्ड राखेको थियो । फिल्मको टे्रलर हालसम्म युट्यूवमा साढे २२ लाखभन्दा बढीपटक हेरिएको छ । ट्रेलरल ४७ हजारभन्दा बढी लाइक बटुल्दा ६ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् भने अधिकांस प्रतिक्रया सकारात्मक छन्। यस अघिको अनमोलको फिल्म छड्के २ सुपर फ्लप भएपछि स्टारडममा धक्का लागेकाले पनि उनको लागि यो फिल्म महत्वपूणर् रहेको छ । फिल्ममा अनमोल अभिनेत्री जसिता गुरुङसँग पहिलोपटक अनस्क्रिन रोमान्स गर्दैछन्। केही देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको छ । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको यो डेब्यू फिल्म हो।

Related Articles

Check Also
Close
Back to top button