CINEMANEWS

ग्रामिण सिनेमा महोत्सव हुने

सिनेमा संसार
काठमाडौं
सेलिब्रेटी नेपालको आयोजनामा नेपाल ग्रामीण सिनेमा महोत्सवको चौंथो संस्करण आगामी वैशाखमा हुने भएको छ।
पर्यटन प्रवद्र्वनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पु¥याउ रहेको महोत्सव आयोजना गरिँदै आएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराएका छन्। उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका सिनेमा समावेश गरिनेछ। महोत्सवको लागि सिनेमा दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी गराए। महोत्सवमा डकुमेन्ट्री, शर्ट सिनेमा, फिचर सिनेमा र भाषाभाषीका सिनेमालाई समाबेश गरिनेछ।
आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै सिनेमा भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनेमालाई सहभागी गराइनेछ।
विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका सिनेमा समेटिएको छ। महोत्सवमा सिनेमा स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला र गोष्ठी समेत गरिनेछ।

Related Articles

Back to top button