CINEMANEWS

बिगुल फागनु १ गते रिलीजमा आउने

सिनेमा संसार
देशको वर्तमान राजनैतिक अबस्था, आम नेपालीको जनभावना तथा परिस्थितिांग धेरै हदसम्म मिल्दो बिषयबस्तु भनिएको सिनेमा बिगुल आगामी फागुन १ गते रिलीजमा आउने भएको छ।
माघ ९ गतेका लागि रिलीज डेट तोकिएको सिनेमा अब फागुन १ गते रिलीजमा ल्याउने निर्णय गरिएको सिनेमाका कथाकार तथा निर्माता दिनेश कोइरालाले जानकारी गराएका छन्।
रमेश कोइरालाको निर्देशनमा बनेको सिनेमामा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्का, नवअभिनेत्री मीरा पण्डितलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।
सिनेमामा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा र संवाद, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत, एनबी महर्जनको द्वन्द निर्देशन, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ।

Related Articles

Back to top button