CINEMA

विदेशमा रंगेलीको डिमान्ड

सिनेमा संसार संवाददाता
काठमाडौं ।
उत्साहजनक व्यापार गरिरहेको नेपाली सिनेमा रंगेलीको विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट डिमान्ड आएको निर्देशक अर्जुन सुवेदीले बताए ।
यो सिनेमा अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, यूरोप, हङकङ, भारतलगायतका देशमा रिलिजको लागि त्यहाँस्थित वितरकसँग रिलिजको लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताए । निर्देशक सुवेदी नेपाली सिनेमाका ओभरसिज वितरक समेत हुन् ।
जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्टले रैगेली रिलिज गर्दै छन् । त्यस्तै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्दैछन् ।
नेपालमा शुक्रवार रिलिज भएको सिनेमालाई लिएर दर्शकको वर्ड अफ माउथका कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ ।
रंगेलीमा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका रहेको छ ।

Related Articles

Check Also
Close
Back to top button