CINEMANEWS

अडिसनबाट नायिका खोज्दै प्रेम गीत ३

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्माणअघि नै आगामी चैत २८ गतेका लागि रिलीज डेट फिक्स गरेको सिनेमा प्रेम गीत ३ को मुख्य नायिकाका लागि यसको निर्माण संस्थाले अडिसन गर्ने भएको छ।
सिनेमाका निर्माता सन्तोष सेनका अनुसार अडिसनबाटै एकजना राम्रो नायिका सिनेमा उद्योगमा प्रबेश गइनेछ। उनका अनुसार अडिसनका लागि संसारभरबाट सहभागी हुन सकिनेछ। इच्छुक युवतीले www.aasusenfilms.com मा गएर फारम भर्न सक्ने उनले बताए। इच्छुकले आसुसेनको ईमेल filmsaasusen@gmail.com मा पनि सम्पर्क गर्न सक्नेछन्।
यसका लागि हालै खिचेकास्पष्ट अनुहार देखिने ४ तस्विरसहित बायोडाटा पठाउनु पर्नेछ। नायिका बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनु पर्नेछ। नायिकाकी उम्मेदवार १८ बर्षभन्दा माथि र २५ बर्ष नपुगेको हुनु पर्नेछ। प्राप्त आवेदनमध्ये २० जना फाइनल अडिसनका लागी छानिने सेनले बताए। इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नु पर्ने उनले बताए।
छेतेन गुरुङका साथ सेन स्वयंले निर्देशन गर्ने सिनेमाका लागि १ बर्षदेखि स्क्रिप्टको काम भईरहेको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button