CINEMANEWS

बन्ने भयो पूरानो बुलेट

सिनेमा संसार संवाददाता
काठमाडौं
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा पुरानो बुलेट नामक सिनेमा बन्ने भएको छ। राजधानीमा बिहिबार एक कार्यक्रम आयोजना गरी सिनेमा निर्माणको घोषणा गरिएको हो।
सिनेमामा अभिनेता अनुप विक्रम शाही, अभिनेत्रीद्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिकामा रहनेछन् भने कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारले पनि अभिनय गर्नेछन्। सिनेमा अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् भने पत्रकारीतामा लामो समयदेखि काम गरिरहेका भिषण राईले यसबाट निर्देशनमा डेब्यु गरेका छन्। निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोष सन्तोषको कथा÷पटकथा रहनेछ।
हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहने सिनेमामा कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन्। सिनेमाको छायांकन असार १५ गतेबाट सुरु हुने निर्माण टिमले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button