CINEMANEWS

सकियो हरिबहादुरको जुत्ता

फूलपातीमा रिलिज हुने

सिनेमा संसार
काठमाडौं
दिपेन्द्र के खनालको निर्देशनमा निर्माणाधिन सिनेमा हरिबहादुरको जुत्ताको छायांकन गीतबाहेक २९ दिनमा सकिएको छ।
सिनेमाका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहजरुपमा सिनेमाको छायांकन सम्पन्न भएको जानकारी दिए। ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्याँै। हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाँडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौँ’ हरिवंशले भने। उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाँडै छायांकनको काम सम्पन्न हुने विश्वास व्यक्त गरे।
एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितबंश आचार्यद्वारा निर्माणाधिन सिनेमामा हरिबंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन्।

सिनेमा दशैको फूलपातीमा रिलीज हुने जनाएको छ।

Related Articles

Back to top button