NEWS

मह जोडीलाई दिर्घ कलाकारिता सम्मान

सिनेमा संसार संवाददाता
बनेपा, काभ्रे
ख्यातिप्राप्त हास्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मानबाट सम्मानित गरिने भएको छ।
नाट्येश्वर हामि सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने नारासहित हुन लागेको नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा मह जोडीलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मानबाट सम्मानित गरिने यसबारे जानकारी दिन काभ्रेको बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। सो अवसरमा लोक गायक तथा काठ क्षेत्रका लोक दोहोरीका हस्ती शिब नारायण जोशीलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ भने अभिनेत्री वसुन्धरा भुषालललाई नाट्यश्वर दशक सम्मान तथा भुवन चन्द थापा, चैत्यदेबी सिंह, उत्तम केसी र गायिका रमिला न्यौपानेलाई नाट्यश्वर रत्न सम्मानबाट सम्मानित गरिने भएको छ। त्यसै गरीसंगीत क्षेत्रमा रहेर योगदान दिँदै हाल काभ्रे जिल्लाको रोशी गाउँपालिकाको प्रमुख भएर कार्य गरिरहेका डीबी लामालाई नाट्यश्वर कला सम्मानबाट सम्मान गरिने भएको छ।
अवार्ड कार्यक्रममा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधा गरी कुल ४४ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button