CINEMAMUSICNEWS

प्रसाद २ को मार्सी धान रिलिज

केकी र विपिनसँगै सरोज र आश्माले मर्काए कम्मर

सिनेमा संसार संवाददाता
काठमाडौं
चैत्रको २४ गते रिलिज हुने सिनेमा प्रसाद २ ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मीकर्मी, यसको निर्माणपक्ष र वितरकमा छ।
सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ।
यसैबिच, सिनेमामा समावेश पहिलो गीत मार्सी धान आज रिलिज गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ। लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ। यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ।
सिनेमामा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ। यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन्। उनले धन्दापछि अर्को सामाजिक कथामा सिनेमा बनाएका छन्। सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button