MUSICNEWS

गिनिज रेकर्ड विजेता गीतकार समीरद्धारा उद्योगपति चौधरीको गीतसहित कृति विमोचित

सिनेमा संसार संवाददाता
काठमाडौं
कवि एवं लेखक बसन्त चौधरीको हिन्दी कविता संग्रह चाहतो के साये मे नयाँदिल्लीम ाविमोचन गरिएको छ। बलिउडका बरिष्ठ गीतकार समीर अन्जानले गत शुक्रबार कविता संग्रहको विमोचन गरेका हुन्।
नयाँदिल्लीको होटल हयात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मुर्धन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरे। पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो। चाहतो के साये मेलाई ख्यातिप्राप्त बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेडअन्तर्गतको टाइम्स ग्रुपबुक्सले प्रकाशन गरेको हो। २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दु मिश्रित मिठासपूर्ण सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन्।
उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो। ती गीतहरूमा बलिउडका चर्चित गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर रहेको छ। कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कविचौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए। उनले मनलाई छुने काब्य कृति रचना गरेको भन्दैचोधरीको खुलेर प्रशंसा गरे। ‘अझैपनि साहित्यको दुनियाँमा सिनेमाका गीतकारहरूलाई स्वीकार नगरिनु दुःखलाग्दो विषय हो। गुलजार साहेव (भारतका लोकप्रिय गीतकार, कवि एवं सिनेमा निर्देशक) ले मलाई आफ्नो गीतहरूको संग्रह प्रकाशन गर्न सुझाव दिँदै आउनु भएको छ र म पनि त्यसबारेमा सोचिरहेको छु’, उनले भने।
पुस्तक विमोचन कार्यक्रममा भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री रामेश पोखरियाल ‘निशक’ विशिष्ट अतिथीको रुपमा उपस्थित थिए। स्वयं कवि समेत रहेका निशकले नेपाल र उत्तराखण्डबीच सीमा जोडिएको विशेष निकटता रहेको चर्चा गर्दै दुबै ठाउँमा रहेका साझा संस्कृति र पहाडी भुभागबारे उल्लेख गरे। कविचौधरीको पुस्तक नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको उनको कथन थियो।
पुस्तकका लेखक चौधरीले ‘चाहत’ (इच्छा) शब्दको विभिन्न आयामबारे प्रकाशपार्दै भने, ‘धेरै जसो मेरा काव्य कृतिलाई प्रेम र इच्छाले डो¥याउँदै आए पनि इच्छा वा चाहत स्त्री र पुरुषबीचको प्रेममा मात्र सीमीत नभएर त्यो भन्दा पनि पर रहेको छ। यसले समानरुपमा कुनै पनि व्यक्तिको नयाँ उचाईमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकांक्षालाई समेत व्यक्त गर्दछ। यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्व हो।’

Related Articles

Check Also
Close
Back to top button