CINEMANEWS

कान्तिपुर फिल्म एकेडेमीले म बनाउने

सिनेमा संसार संवाददाता
काठमाडौं
लामो समयदेखि सिनेमाका विषयमा पढाउँदै आएको आएको कान्तिपुर फिल्म एकेडेमी आपैmँले सिनेमा निर्माण गर्ने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने सिनेमा मको औपचारिकरुपमा निर्माण घोषणा गरिएको छ। सिनेमा परिच्छेद सेनले निर्देशन गर्नेछन्।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने सिनेमाको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ। उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने सिनेमामा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ। सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो। विजय लामा र सरिता लामिछानेबाहेक यसमा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन्। सिनेमा तेन्जिन पाल्देनले खिच्ने छन्। उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन्।
ममा जितेन लेप्चाको गीत रहनेछ। सिनेमामा कवितामाथि पनि संगीत भरिने बताइएको छ। सम्भवतः नेपाली सिनेमामा यो पहिलोपटक फरक प्रयोग गरिन लागिएको हो। बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन्। सिनेमाको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन्।
फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए। मलाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई छ। अभिनेत्रीद्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको सिनेमामा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button