CINEMANEWS

लभ स्टेशन २७ लाखमा अष्ट्रेलिया बिक्री

सिनेमा संसार संवाददाता
काठमाडौं
सिनेमा लिली बिलीबाट निकै रुचाईएका जोडी नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित सिनेमा लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ। सिनेमाको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो।
नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ। यसै क्रममा लभ स्टेशनलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ। लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन्। जापान लगायतका मुलुकबाट पनि सिनेमा प्रदर्शनका लागि कुराकानी भईरहेको उनले बताए।
सिनेमाको ट्रेलर दर्शकले साह्रै मन पराएका छन्। यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ। लभ स्टेशनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरेका छन्।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button