EVENTNEWS

जन्मदिनमा कलाकार र पत्रकार सम्मानित

सिनेमा संसार संवाददाता
काठमाडौं
हास्य अभिनेता किरण केसीले हरेक वर्षजस्तै यस वर्ष पनि आप्mनो जन्मदिनमा कलाकार र पत्रकारलाई सम्मान गरेका छन्।
ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा केसीद्वारा आयोजित एक समारोहबिच ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले हास्य अभिनेता सन्तोष पन्त र कामनाका सम्पादक पत्रकार विदुर गिरीलाई जनही १० हजार रुपियाँसहित सम्मान गरे। पन्त र गिरीलाइ कलाक्षेत्र तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको केसीले बताए। किरणले आफ्नो जन्मदिनका अवसर पारेर हजुरबुवा बडाहाकिम स्व. भोजराज केसी, हजुरआमा स्व. हृदयकुमारी केसी, वुवा ले.क. स्व. दुर्गाबहादुर केसी र आमा स्व. ईन्द्रकुमारी केसीको नाममा कला क्षेत्रमा योगदान दिने एक जना पत्रकार र एकजना हास्यव्यग्यकारलाई सम्मान गर्दै आएका छन्। सो अवसरमा विभिन्न कम्पनी तथा व्यक्तिहरुले हास्य अभिनेता केसीलाई जन्मदिनको अवसरमा मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा ६० औं जन्मदिन मनाएका अभिनेता केसीले कला क्षेत्रमा ४ दशक बिताएकोले आफ्नो क्षेत्रका मानिसलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका जन्मदिनको अवसर पारेर यस्तो गर्दै आएको बताए। ‘मैले मेरो परिवारलाई पनि भनेको म मरेपछि पनि बरु मेरो सराद्वे नगरे हुन्छ। तर यो सम्मानको कार्यक्रम चाहि“ गर्नु’ किरणले भने।
समारोहमा हास्य अभिनेता सन्तोष पन्तले सम्मानले कला क्षेत्रमा लाग्ने सबैलाई यो सम्मानले हौसला मिल्ने बताए। पत्रकार विदुर गिरीले प्रतिष्ठीत कलाकारका बिच सम्मानित हुन पाउ“दा गौरवान्वितस“गै थप जिम्मेवारी बोध भएको बताए। प्रमुख अतिथी हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले १५ गते नामक सिरीयलमा किरणलाई पहिलोपटक खेलाएको र त्यही“बाट उनी सफल भएको बताए। सो अवसरमा किरणले शत्रु गतेको सफलतापछि अब मह सञ्चारको प्रस्तुति र आफ्नो प्रस्तुतिमा आगामी मंसिर महिनामा नया“ सिनेमा दाल भात तरकारी निर्माण गर्ने घोषणासमेत गरे। जसको निर्देशन उनकै छोरा सुदन केसीले निर्देशन गर्नेछन्।

Related Articles

Check Also
Close
Back to top button