NEWS

जानी नजानीको कभर भिडियो बनाउनोस्

सिनेमा संसार
काठमाडौं
आगामी चैतमा रिलिज हुने सिनेमा जानी नजानीको सार्वजनिक पहिलो गीत एउटीलाई मुटुमा घरको कभर भिडियो प्रतियोगिा घोषणा गरिएको छ। बिहिबार काठमाडौंको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो।
अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ। गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ। यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ। गीतको कभर भिडियो कम्तीमा एक मिनटको हु्नु पर्नेछ। त्यन्दा माथि चार मिनटसम्मको भए पनि फरक नपर्ने यसकी निर्मात्री रोशनी केसीले बताईन्।
‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको सिनेमा डिप्लोमा कोर्स गर्न पाउने छन्’ सिनेमाका निर्देशक बसन्त अधिकारीले भने, ‘भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com मा पठाईसक्नु पर्नेछ।’
प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंसाकारले चयन गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए। अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए। निर्मात्री रोशनीका अनुसार सिनेमामा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्णभक्त महर्ज , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ। आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै सिनेमामार्फत धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन्। यसमा प्रेम कथासँगै राष्ट्रियता र युवा पुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको छ। फिल्ममा छायाँकन सञ्जय लामाको रहेको छ भनेसंगीत अर्जुन पोखरेलले दिएका छन्।
सिनेमामा कविराज गहतराज, प्रविण सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ। सिनेमामा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन्। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। सिनेमामा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button