EVENTNEWS

एसईई डान्स कम्पिटीशन हुँदै

सिनेमा संसार संवादाता
काठमाडौं
बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले आयोजना गरेको एसईई डान्स कम्पिटीशन २०१८ को ग्राण्ड फिनालेका लागि १६ जना प्रतिस्पर्धी छानिएका छन्। विजयीहरुलाई विभिन्न कलेजमा स्कलसिपको व्यबस्था गरिएको कार्यक्रमको कन्सेप्ट डाईरेक्टर तथा मुख्य निर्णायक डान्स कोरीयोग्राफर महेश गोदारले जानकारी गराएका छन्।
अन्तिम स्पर्धाका लागि छानिएका प्रतिस्पर्धीहरुमा छात्रतर्फमा महेन्द्र सेकेन्डरी स्कुलका ,सुरेन्द्र सेढाई , श्री ज्ञानोदय माविका अनुराज शाक्य, दावन चिल्ड्रेन इङलिस स्कुलका विवेक थापा मगर, न्यू भिजन एकेडेमीका प्रवेश खड्का र समता शिक्षा निकेतनका ईश्वर लामा रहेका छन्। छात्रातर्फ माण्डु एकेडेमीकी मनिसा खाति, डेफोडीएल पब्लिक स्कुलकी सुदिक्षा दाहाल, प्राक्सिस ईन्टरनेशनल स्कुलकी सरिता सिग्देल, एकता जेम्स एकेडेमीकी सारा दर्नाल, जोन एकेडेमीकी स्वस्थानी तामाङ, जुगल इङलिस मिडियम एकेडेमीकी मनिता,चौलागाईं, इस्ट पोल हाइयर सेकेन्डरी स्कुलकी स्वस्तिका बस्नेत, कंचनजंंगा एकेडेमीकी अन्जना गुरुङ, डायमण्ड एकेडेमीकी संमृद्वि पाण्डे, ,श्रीकुमारी सेकेन्डरी स्कुलकी दिपिका तामाङ, तथा त्रिभुवन हाईयर सेकेन्डरी स्कुलकी स्वेता श्रेष्ठ रहेका छन्।
असार २३ गते शनिबार राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले हुने प्रतियोगीतामा देशभर बाट ५ सयजना भन्दा बढिले भाग लिएका थिए भने तीमध्येबाट मेगा राउण्डका लागि जम्मा ३४ जना छानिएका थिए। मेगा राउन्डको निर्णायकमा छमछमी सिजन २ का विजेता साजन तामाङ , छमछमी सिजन ३ का विजेता सरोज प्रजा र वरिष्ठ नृत्य निर्देशक प्रेम श्रेष्ठ रहेका थि भने ग्राण्ड फिनालेमा निर्णायकको लागि छमछमी सिजन १ कि विजेता अनुजा अग्रवाल पनि सहभागी हुनेछन्।
कार्यक्रमको कन्सेप्ट डाईरेक्टर तथा मुख्य निर्णायक डान्स कोरीयोग्राफर महेश गोदार हुन्। प्रतियोगितामा पहिलो विजेताले ५० हजार, दोस्रो विजेताले ३० हजार र तेस्रो विजेताले २० हजार रुपिया पुस्कार पाउनुका साथै टेक्सस् इन्टरनेसनल कलेजमा ५ जना,ग्यलेसियर इन्टरनेसनल कलेजमा ३ जना (ड्रेस सहित),सेन्ट लरेन्स कलेजमा १ जना, जय मल्टिपल क्याम्पसमा १ जना र रिलाइयन्स इन्टरनेसनल कलेजमा १ जनालाई गरि ११ जनालाई कक्षा १ं२ सम्म तथा द इनसाईड भिजन कलेजमा २ जनालाई ब्याचलर सम्म गरि जम्मा १३ जना उफाइनलिस्टलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ। साथै उत्कृष्ट ५ जनाले राष्ट्रिय नाचघरमा ६ महिना नृत्य प्रशिक्षणमा छात्रवृत्ति पाउने बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका सञ्चालकसमेत महेश गोदारले बताए। ‘नृत्य मनोरञ्जन मात्र नभई औपचारिक शिक्षा पनि हो र नृत्य विषय लिएर पढ्न, आत्मनिर्भर हुन र नृत्यबाट नै जीवन स्तर उठाउन सकिन्छ भन्ने तथ्य सावित गर्ने उदेश्यलका साथ यो प्रतियोगीता आयोजना गरीएको हो’ उनले भने।

Related Articles

Check Also
Close
Back to top button