EVENTFASHIONNEWS

मिसेस नेपाल वर्ल्डको उपाधि दीक्षालाई

सिनेमा संसार संवाददाता
काठमाडौं
राजधानीमा शनिवार सम्पन्न बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा बाफलकी दीक्षा केसी वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छन्।


राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमासम्पन्न प्रतियोगितामा प्रमूख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको उपाधि जिते तपाईंले कुन सामाजिक मुद्यालाई अगाडि ल्याउनु हुनेछ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिँदै दीक्षा मिसेस नेपाल  वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी हुन्। उनले लेडी विथ कम्प्यासनको उप उपाधिलाई पनि आफ्नो बनाएकी छन्।
उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस  वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।
सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लीगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरीक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक रहेको प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पवित्रा गिरी एमएस इन्टरनेसनल भए। उनीहरुले उपाधि चुमेवापत सन् २०२२ मा सिंगापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन्। उषा मस्ट ट्यालेन्टेड र मस्ट बोल्डको विजेता पनि भइन्।
रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप र मनीता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप भए।
त्यसै गरी माधुरी कर्ण बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प मिसेस टुरिजम एम्बेस्डर, लक्ष्मी जोशी पब्लिक च्वाइस अवार्ड, सोनु मगर ढुंगेल वेस्ट हेयर, सुमिता लामा वेस्ट र्याम्पवाक र मस्ट फोटोजेनिक, माला सुनुवार मस्ट इन्टिलिजेन्ट, संगिना अर्याल मस्ट डिसिप्लेन्ड, पवित्रा बानियाँ मिसेस कन्जीनियालिटी, जयन्ती राई फेसन आइकन, मनिता प्याकुरेल वेस्ट पर्सनालिटी, सुष्मिता खड्का मस्ट व्युटिफल, राजश्री थापा मस्ट कन्फिडेन्ट, सुमित्रा पौडेल उप्रेती मस्ट क्रियटिभ र मोनिका न्यौपाने यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधि विजेता भए।

गौरी मल्ल मानार्थ एमएस नेपाल
कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई सिएनएन हिरो अनुराधा कोइरालाद्वारा चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। गौरीको सम्मानमा विनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेका थिए।
अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसाराण गरेको थियो। प्रतियोगिता पूर्व मिसेस नेपाल चन्दा थापा गिरीको सह–कोरियोग्राफी तथा आकाश गिरी र गंगा महर्जनको संयोजनमा सम्पन्न भएको हो।

Related Articles

Check Also
Close
Back to top button