CINEMAEVENT

भैरे ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्माता निर्देशक तथा कलाकार एभरेष्ट सुर्य बोहोराद्वारा निर्देशित सिनेमा भैरेको ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबिच भैरेको ट्रेलर सार्वजनिक गरिएको हो।
दयाहाङ राईको प्रमुख भूमिका रहेको सिनेमामा उनका साथमा वर्षा सिवाकोटी, सुरक्षा पन्त, बुद्वी तामाङ, सविता गुरुङ, सुनिल थापा, जान्हवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी, सुरविर पण्डित लगायतको अभिनय रहेको छ। नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स् र सिनेमान्डु इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको सिनेमामा प्रेम प्रसाद पौडेल र देवी माया अधिकारी निर्माता तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेका छन्। गायक यम बरालले पनि यसमा लगानी गरेका छन्। सिनेमामा नृत्य निर्देशन बसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछानेको रहेको छ भने एभरेस्ट सुर्य बोहोरा, दिनेश न्यौपाने र अभिमन्यू निरवीको पटकथा र संवाद रहेको छ। सिनेमा आगामी साउन ४ बाट अल नेपाल रिलीज हुँदैछ।

Related Articles

Check Also
Close
Back to top button